मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेसपाले घोषणापत्रमा भन्यो- शासकीय र निर्वाचन प्रणाली त्रुटिपूर्ण

नेसपाले घोषणापत्रमा भन्यो- शासकीय र निर्वाचन प्रणाली त्रुटिपूर्ण

‘यो औपचारिक लोकतन्त्रलाई पूर्ण लोकतन्त्रमा रूपान्तरण गर्न वर्तमान संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लगायतका निम्ति संशोधन गर्नु पर्दछ,' घोषणापत्रमा उल्लेख छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टीले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९- का लागि घोषणापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हसियाहथौडाबाट चुनाव लड्नका लागि उम्मेदवारको मनोनयनसमेत गराएको नेसपाले आइतबार तीन खण्डमा रहेको घोषणापत्र सार्वजनिक गरेको हो। 

National life

डा बाबुराम भट्टराई नेतृत्वको नेसपाले हालको निर्वाचन र शासकीय प्रणाली त्रुटिपूर्ण रहेको उल्लेख गरेको छ। ‘यो औपचारिक लोकतन्त्रलाई पूर्ण लोकतन्त्रमा रूपान्तरण गर्न वर्तमान संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लगायतका निम्ति संशोधन गर्नु पर्दछ,' घोषणापत्रमा उल्लेख छ। 

नेसपाले निर्वाचन प्रणाली र शासकीय स्वरूपमा गम्भीर त्रुटि रहेको र त्यो त्रुटि नसच्याएसम्म देशमा राजनीतिक स्थिरता नहुने ठहर गरेको छ। 

नेसपाले घोषणापत्रमा लोकतन्त्रको लोकतान्त्रिकरणका लागि १० बुँदे संकल्प अघि सारेको छ। प्रदेशहरूको पुनर्संरचना, दलका सबै तहमा प्राइमरी इलेक्सन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखमा एक व्यक्ति एक कार्यकालभन्दा बढी हुन नपाउने, स्वतन्त्र मन्त्रीमण्डल गठन, सांसदको भूमिमा विधायकी मात्र, राष्ट्रिय जीवनका महत्त्वपूर्ण सवालमा जनमत सङ्ग्रह, निर्वाचनमा राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था र आर्थिक पारदर्शिता सङ्कल्पका रूपमा अघि सारेको छ।

प्रकाशित: Oct 23, 2022| 16:17 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।