मंगलबार, फागुन १९, २०८२

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो महिलाविहीन

सीपीसीको २०औँ महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई अर्को कार्यकालका लागि पनि दलको महासचिवमा चुनेको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

kumari

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन्। पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा यसपटक उनले अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन्। सीपीसीको २०औँ महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई अर्को कार्यकालका लागि पनि दलको महासचिवमा चुनेको छ। 

सीको अध्यक्षतामा भएको उक्त सत्रमा पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो। एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो।

प्रकाशित: Oct 23, 2022| 15:41 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।