मंगलबार, वैशाख २९, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको ज्यान गएको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको ज्यान गएको छ। दार्चुला, शैल्यशिखर नगरपालिका-६ चौलानीमा सु.प्र.प.०२ ००१ त १४६७ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक कन्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने ४५ वर्षीय पन्चु राना समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

National life

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा भइरहेको छ। 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा प्र.२-०३-००१ ख ०३१६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री करैयामाई गाउँपालिका-५ पिपरा टोल बस्ने ४० वर्षीय रामसुरत चौधरीको घटनास्थलमै शनिबार राति मृत्यु भएको छ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काभ्रे, बनेपा नगरपालिका-५ चण्डेश्व‍रीस्थित सडकमा प्रदेश ३ -०२- ००१ प ७८७३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बनेपा नगरपालिका-९ बस्ने २१ वर्षीय सोनिक श्रेष्ठको मृत्यु भएको छ। दुर्घटना गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु हो। दुर्घटनामा घाइते भएका स्कुटर चालकको  न्यूरो अस्पताल बाँसबारी र स्कुटरमा सवार अन्य १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। 

चितवन, रत्ननगर नगरपालिका-११ ओझा चोकस्थित सडकमा बा.प्र.०६-००१ प ९२१७ नम्बरको स्कुटर आफैं अनियन्त्रित  भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय धुर्वराज भट्टराई क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनमा घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

रुपन्देही, ओमसतिया गाउँपालिका-५ दरखसवास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.११ प १२८४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रोहिणी गाउँपालिका-६ बिसनपुरा बस्ने २९ वर्षीय महेश यादवको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको  मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्याक्टर चालकलाई  प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगरमा बा.७ च ५७३३ नम्बरको कारले लु.४२ प ४४७९ नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय अमित घर्ति मगरको मृत्यु भएको छ। दुर्गटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 23, 2022| 14:06 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।