मंगलबार, वैशाख २९, २०८३

ट्रकको ठक्करबाट बारामा एक जनाको मृत्यु

बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

वीरगञ्ज- बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ।

National life

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ख०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएकोमा बेहोस भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो। 

अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो बारा प्रहरीका नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए।

प्रकाशित: Oct 23, 2022| 12:55 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।