मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपमाथि लागेको नागबालिग बलात्कारको आरोप छानबिन नसकिएपछि प्रहरीले थप समय मागेको हो।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं– काठमाडौं जिल्ला अदालतले १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

National life

प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेको आरोपको अनुसन्धान नसकिएको बताएर थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेकामा दुई थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

सन्दीपविरुद्धको अनुसन्धान सकिएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष प्रतिवेदन पेस गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलो पटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। दोस्रो पटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि ५ भदौमा काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप छ। प्रहरी वृत्त गौशालामा २१ भदौमा उनीविरुद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो।

प्रकाशित: Oct 23, 2022| 12:00 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।