शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिजिटल भुक्तानीमा अभ्यस्त हुने नेपालीको संख्या बढ्यो

डिजिटल भुक्तानीमा अभ्यस्त हुने नेपालीको संख्या बढ्यो

चालू आवको दोस्रो महिनामै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्बभन्दा बढीको कारोबार भएको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– प्रविधि प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिक रूपमा रुपैयाँ, पैसा नबोकीकनै कारोबार गर्न सकिने भएको छ।पछिल्ला दिनमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यो कुराको पुष्टि गरेको छ। कोभिड महामारी अगाडि सामान्य रूपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार अपेक्षित रूपमै अगाडि बढेको छ।

National life

राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो। प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबारमा वृद्धि भइरहेको देखिन्छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्बभन्दा बढीको कारोबार भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौमा मात्रै २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख  बढी रकम कनेक्ट आइपीएसमार्फत कारोबार भएको छ। कनेक्ट आईपीएसको माध्यमबाट अघिल्लो आवको भदौमा २ दुई ३२ अर्ब ५४ करोड ३० लाखको कारोबार भएको थियो।

त्यस्तै, चालू आवको भदौमा मोबाइल बैंकिङ प्रयोग गरी १ खर्ब ४६ अर्ब १४ करोड ३० लाख बराबरको कारोबार भएको देखिन्छ। सो माध्यमको प्रयोग गरी अघिल्लो आवको भदौमा ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार गत भदौमा विभिन्न वालेट प्रयोग गरी १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ, जुन अघिल्लो वर्षको भदौमा १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो।

Shivam cement

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ। गत आवको भदौको तुलनामा चालू आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ।

राष्ट्र बैंकका अनुसार गत आवको भदौमा ५ अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालू आवको भदौ मसान्तसम्म १५ अर्ब २ करोड ८० लाख बराबरको भुक्तानी भएको छ। त्यस्तै, भदौमा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ। गत भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड ४ लाखभन्दा बढीको कारोबार भएको थियो।

यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालू आवको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा १ अर्ब ३१ करोडले कमी आएको छ । यसैगरी गत आवको भदौमा एटीएम प्रयोगबाट ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालू आवको भदौमा कारोबार वृद्धि भई ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ।– रासस

प्रकाशित: Oct 22, 2022| 15:54 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्