शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुस्तायो घरजग्गा कारोबार, ७० प्रतिशत घट्यो सरकारको राजस्व

सुस्तायो घरजग्गा कारोबार, ७० प्रतिशत घट्यो सरकारको राजस्व

सरकारले गत वर्ष असोजमा घरजग्गा कारोबारबाट ७ अर्ब बढी राजस्व संकलन गरेकामा चालू आवको सोही अवधिमा जम्मा साढे २ अर्ब हाराहारी राजस्व संकलन गरेको तथ्यांक।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– देशभरका मालपोत कार्यालयले २०७८ असोजमा ७ अर्ब ३३ करोड २१ लाख १५ हजार ४ सय ९६ रुपैयाँ बराबरको राजस्व संकलन गरेका थिए। गत वर्ष घरजग्गा कारोबार अपेक्षित हुँदा सरकारले राजस्वसमेत राम्रो पाइरहेको थियो।

National life

तर आव २०७८/८९ को असोजमा भने घरजग्गा कारोबारबाट सरकारलाई २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार ३९३ रुपैयाँ बराबरको मात्रै राजस्व संकलन भएको छ।

एक वर्षे अवधिमा झन्डै ७० प्रतिशतले राजस्व संकलनमा गिरावट आएको छ। यसबाट घरजग्गाको कारोबारमा उल्लेख्य गिरावट भएको देखिन्छ।

देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा ५ अर्ब २७ करोड २० लाख ५३ हजार ८ सय ३ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो।

पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व संकलन मात्रै होइन, कित्ताकाट र लिखत पारितसमेत उल्लेख्य घटेको छ। राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाइ नै प्रमुख कारण रहेको यस क्षेत्रमा लागेकाहरू बताउँछन्।

Shivam cement

घरजग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रूपमा घोषणा गरेको छ। काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ।

विभागका अनुसार चालू आवको पहिलो महिना अर्थात् गत साउनमा घरजग्गा कारोबारबाट २  अर्ब ७३ करोड ७२ लाख ४१ हजार बराबर राजस्व संकलन भएको थियो। गत भदौमा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार ९ सय बराबरको राजस्व संकलन भएको थियो। 

विभागका अनुसार गत असोजमा २७ हजार ८५० वटा घरजग्गाको कारोबार भएको छ। भदौमा १ लाख ८ हजार ८८१ वटा कारोबार भएको थियो। साउनमा भने कुल ९८ हजार ६४ वटा कारोबार भएका थिए।

कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा उल्लेख। भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गा वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घरजग्गाको कारोबार हुन नसकेको हो। 

प्रकाशित: Oct 22, 2022| 12:11 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्