शुक्रबार, वैशाख ५, २०८२

डेंगुको जोखिम अझै एक महिनासम्म

सन् २००४ देखि नेपालमा देखिन सुरु भएको डेंगु संक्रमण त्यसयता दुई–तीन वर्षको अन्तरालमा प्रकोपको शैलीमा पुष्टि हुन थालेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक ४, २०७९

vianetvianet

काठमाडौं– नेपालमा हाल ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४२ हजार ५०४ जनामा डेंगु संक्रमण भएको छ भने ५१ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको छ। 

triton college

विज्ञहरु अझै एक महिना डेंगुको जोखिममा भएको बताउँदै सतर्क रहन आग्रह गर्छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अझै एक महिना विशेष सतर्क रहनुपर्नेछ। ‘अझै एक महिना डेंगु गराउने लामखुट्टेको लागि उपयुक्त वातावरण हो। त्यसैले सतर्क रहनुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख गोकर्ण दाहालले भने। उनका अनुसार मंसिर पहिलो सातासम्म डेंगु संक्रमण बढ्न सक्छ। 

सन् २००४ देखि नेपालमा देखिन सुरु भएको डेंगु संक्रमण त्यसयता दुई–तीन वर्षको अन्तरालमा प्रकोपको शैलीमा पुष्टि हुन थालेको छ। यसअघि सन् २०१९ मा डेंगुले प्रकोपको रुप लिएको थियो। सो समयमा ६८ जिल्लामा १९ हजार ९९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो। 

सो समयमा सबैभन्दा बढी प्रभावित जिल्लामा सुनसरी, चितवन, कास्की, काठमाण्डु, ललितपुर र झापा थिए। हाल नेपालका सबै जिल्लामा डेंगु संक्रमण पुष्टि भएपनि सबैभन्दा बढी संक्रमण बागमती र लुम्बिनी प्रदेशमा देखिएको छ। कुल संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै ३३ हजार भन्दा बढी संक्रमित छन्। तर विज्ञहरुका अनुसार डेंगु संक्रमितको संख्या सरकारी तथ्यांकमा भन्दा निकै उच्च रहेको आकलन छ। गत असारदेखि फाट्टफुट्ट डेंगुका केसहरु देखिन थाले पनि साउनयता डेंगु संक्रमण निरन्तर बढ्दो क्रममा देखिएको छ। 

विज्ञहरु सरकारको कमजोरीले गर्दा डेंगु नियन्त्रण बाहिर गएको बताउँछन्। ‘अब डेंगु लार्भा खोज र नष्ट अभियानले मात्रै नियन्त्रण गर्न सम्भव छैन, यो चिसो मौसम सुरु भएपछि आफै विस्तारै कम हुँदै जान्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भने। उता सरकारले भने डेंगु नियन्त्रणका लागि अपनाउँदै आएको उपायलाई नै निरन्तरता दिने बताउँछ। डा. मरासिनी सरकारले डेंगु नियन्त्रणका लागि प्रभावकारी काम नगरेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले डेंगु नियन्त्रणका लागि कुनै पनि प्रभावकारी काम गर्न सकेन। जतिबेला लार्भा खोज र नष्ट गर अभियान नै सञ्चालन गर्नुपर्ने थियो त्यो बेलामा पर्खिएर बस्यो अनि डेंगु नियन्त्रण बाहिर गएपछि मात्रै अभियान सञ्चालन गर्यो। देश संघियतामा गइसकेपछि सरकारले स्थानीय तहलाई भरपुर सदुपयोग गर्न सक्नुपर्थ्यो तर सरकारको झारा टराइ भयो।’

National life insurance

देशमा स्थानीय  सरकार भए पनि डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। ‘प्रत्येक दुई तीन वर्षको अन्तरालमा डेंगुले प्रकोपको रुप लिइरहेको छ तर सरकारले दिर्घकालिन रणनीति के बनाएको छ?’ उनी प्रश्न गर्छन्। साथै डेंगुको फैलावटबारे सरकारले अध्ययनमा पनि ध्यान नदिएको उनको आरोप छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग प्रमुख दाहालका अनुसार नेपालमा किटविज्ञको अभाव भएकाले पनि डेंगुको अध्ययनमा अप्ठेरो परेको हो। साथै जलवायु परिवर्तनले गर्दा डेंगु चिसो ठाउँमा समेत देखिएकाले अउने समयहरु दिनमा थप चुनौति हुनसक्ने उनी बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दास स्थानीय तहले डेंगु नियन्त्रणका लागि प्रभावकारी काम नगरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘हामीले केन्द्रबाट गर्ने काम, बनाउने रणनीति, दिने निर्देशन गरिरहेका छौं तर स्थानीय तहले पछिल्ला दिनमा ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी रुपमा गरिदिएका छैनन्। यो काम एक व्यक्ति वा एउटा सरकारले मात्रै गरेर नियन्त्रण हुने कुरा होइन, यसका लागि प्रत्येक व्यक्ति सचेत हुनुपर्छ। यसका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ तर स्थानीय तहले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने लगाएतका कामहरु एक–दुईपटक मात्रै गरे पछि त्यसलाई निरन्तरता दिन सकेनन्। त्यसैले पनि नियन्त्रणको लागि कठिन भइरहेको छ। 

अस्पतालमा बिरामीको के छ अवस्थाा? 
हाल डेंगु संक्रमित बिरामीहरु अस्पतालमा भन्दा धरै घर–घरमा बसेर आराम गरिरहेको चिकित्सकहरुको आंकलन छ। शुक्रराज तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार धेरै मानिस ज्वरो आएको ३ देखि ५ दिनमा आइरहेका छन्। दुखाइ निकै धरै भएपछि मात्रै अस्पताल पुगेका छन्। बिरामीहरु पातलो दिसा हुने लक्षण पनि लिएर आएका छन्। शरीर अत्यधिक दुख्ने, निरन्तर बान्ता हुन, गिँजा, नाकलगायत शरीरको विभिन्न भागबाट उच्च रक्तस्राव हुने लगायतका समस्या देखिएका छन्। 

डेंगी भएका बिरामीहरुमध्ये वयष्कहरुको स्वास्थ्यमा बढी असर देखिएको उनी बताउँछन्। डा. पुन भन्छन्, ‘डेंगु संक्रमित भएकाहरूमध्ये वयस्कहरूको स्वास्थ्यमा बढी असर देखिएको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन। अस्पताल पुग्नेहरुमध्ये धेरैजसो ५० बर्षभन्दा कम उमेरका रहेको उनले बताए। 

त्यस्तै डेंगु भएका वृद्धवृद्धामा गम्भीर प्रकृतिको असर देखिएको उनी बताउँछन्। तर उपचारका लागि आउने डेंगु वृद्धवृद्धाको संख्या वयस्कको तुलनात्मक रूपमा केही कम रहेको उनी बताउँछन्। तर रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले वयस्कमा भन्दा वृद्धवृद्धामा असर धेरैदेखिएको बताउँछन्। त्यस्तै दिर्घरोगी वा लामो समयदेखि औषधि सेवन गर्दै आएका, मुटु वा कलेजोको समस्या भएका लगायतका मानिसलाई भने डेंगुको थप जोखिम भएको उनले बताए। त्यस्तै बालबालिकालाई भने अत्यधिक टाउने दुख्ने, ज्वरो आउने, पेट दुख्ने र बान्ता हुने लक्षण देखिएको छ।


प्रकाशित: Oct 21, 2022| 12:05 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्