आइतबार, मंसिर २८, २०८२

सहकारीका कर्मचारीलाई गोली हान्ने चारजना पक्राउ

सर्लाहीको लालवन्दी नगरपालिका–२ जुट पानीको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं– सर्लाहीको लालवन्दी नगरपालिका–२ जुट पानीको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना भारतीय र एक जना नेपाली रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको हो।

National life

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिवहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरीले जानकारी दिएको छ। भारतीय नागरिक १९ वर्षिय रहेका छन्। 

बुधबार (हिजो) बिहान तीन जना एउटै मोटरसाइकलमा आएर सगुन सहकारीका कर्मचारी ३० वर्षिय साजन कार्कीमाथि गोली प्रहार गरी रित्तो झोला लिएर भागेका थिए। उनको अहिले काठमाडौमा उपचार भइरहेको छ। कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको छ।


प्रकाशित: Oct 20, 2022| 13:35 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।