बिहीबार, वैशाख १३, २०८१

कमेडियन अपूर्वक्षितिज सिंहलाई पुन: पक्राउ गरिएकोमा चौतर्फी विरोध

कमेडियन अपूर्वक्षितिज सिंह पुन: पक्राउ परेका छन्। उनलाई प्रहरीले पुन: पक्राउ गरेसँगै रिहाइको माग गर्दै चौतर्फी विरोध सुरु भएको छ। अभियन्ता, कलाकार, पत्रकार तथा नेताबाट पनि अपूर्वको रिहाइको माग गरिएको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- कमेडियन अपूर्वक्षितिज सिंह पुन: पक्राउ परेका छन्। उनलाई प्रहरीले पुन: पक्राउ गरेसँगै रिहाइको माग गर्दै चौतर्फी विरोध सुरु भएको छ। अभियन्ता, कलाकार, पत्रकार तथा नेताबाट पनि अपूर्वको रिहाइको माग गरिएको हो।

triton college

राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हाँस्य कलाकार सिंहमाथि ज्यादती भएको बताउँदै यसले समाजमा सद्भाव कमजोर बनाउने बताए। ‘जातीय भावना/सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना,' मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्।

जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाती फुलाएर, नेता भएर हिँडेको उनले बताए। अपूर्व क्षितिजले माफी मागिसकेको अवस्थामा उनलाई पक्राउ गर्न नहुने मिश्रको तर्क छ। 

'युट्युबबाट कमेडी हटाइसके। तै पनि उनीमाथि यो ज्यादती! अति नगरौं। समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कैयौं देशमा जस्तै,' मिश्रले लेखेका छन्।

लेखक आन्विका गिरी अपूर्वको रिहाइको माग गर्दै लेख्छिन्, 'पञ्चायत बिर्साउने यस्तो प्रहरी–राजको अन्त्यका लागि सरकारकै नेतृत्वको ध्यानाकर्षण हुनुपर्छ। भोलि यसमा अरू रङ नमिसियोस् भनेर पनि प्रधानमन्त्री र गृहमन्त्री नै सचेत बन्नुपर्छ। र, कमेडियन अपूर्वलाई बिनासर्त रिहा गर्नुपर्छ।'

corrent noodles
Metro Mart

लेखक सुजित मैनाली अपूर्वजस्ता हाँस्य कलाकारलाई जेलमा लगेर थुन्दै जाने हो भने बजलबाहिर एकाध कलकार मात्रै हुनेछन् भन्दै उनको रिहाइको माग गर्छन्। उनी लेख्छन्, 'फिस्स हाँसेर बिर्सिनुपर्ने विषयमा अपूर्वमाथि यो अत्याचार? पक्राउ परेका उनी र उनको समुदायमाथि गरिएको तथानाम गाली चाहिँ कसरी सर्वस्विकार? अपूर्वमाथिको मापदण्ड अन्य हास्य कलाकारमाथि लागू गर्ने हो भने जेलबाहिर एकाध कलाकार मात्रै बँच्लान्। अति नगरौं। अपूर्वलाई रिहा गरौं।'

सरकारी वकिल कार्यालयले बुधबार दायर गरिएको अभियोगपत्रमा जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरिएको, सामाजिक रीतिथितिमा खलल पुर्या्एको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको समेत आरोप लगाइएको छ।

अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध अर्को छुट्टै मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्ने तयारी भइरहेको समेत जनाइएको छ।

युट्युबमा अपलोड गरेको भिडियो हटाएर माफी मागेको भिडियो अपलोड गरेका सिंह आफू प्रहरी कार्यालय पुगेको बेला पक्राउ परेका हुन्। गत भदौ १२ गते पक्राउ परेका उनी कोरोना संक्रमण भएपछि भदौ २२ गते हाजिरी जमानीमा छुटेका थिए।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड–अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।

'नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नवित्दै आलोचना र विरोध भएको थियो। त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफि मागेका थिए। यसमा माफि हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए। सोमबार हाजिर हुन जाँदा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: Oct 20, 2022| 13:22 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्