आइतबार, कात्तिक ९, २०८२

गठबन्धन व्यक्तिगत स्वार्थका लागि होइन : प्रकाश बम

पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश (ख) का उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

अत्तरिया- पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश (ख) का उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन्। 

Kumaribank

कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता बमले संविधान च्यात्ने ओलीको जालझेल रोक्न बाम-लोकतान्त्रिक गठबन्धन एक भई लडाइँको मैदानमा होमिएको बताए। 

ओली प्रवृत्तिलाई परास्त गर्दै देश र संविधानको रक्षार्थ अहिलेको आवश्यकता अनुसार नै पाँच दलीय गठबन्धन आएको बताउँदै उनले भने, ‘हामी व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई संविधानको रक्षार्थ बाम-लोकतान्त्रिक शक्तिबीच गठबन्धन भई साझा उम्मेदवारका रुपमा उभिएका हौं।’

बाम-लोकतान्त्रिक गठबन्धबाट निर्वाचित भएपछि आफूले सबैको भावना अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: Oct 20, 2022| 12:36 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।