आइतबार, वैशाख ७, २०८२

बुवाको स्मृतिमा कांग्रेस नेता जोशीद्वारा रक्तदान कार्यक्रम

नेपाली कांग्रेस कैलालीका नेता टंकप्रसाद जोशीले बुवाको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

vianetvianet

धनगढी- नेपाली कांग्रेस कैलालीका नेता टंकप्रसाद जोशीले बुवाको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। स्वर्गीय पिता तोयानाथ जोशीको २९औं पुण्य स्मृति दिवसको अवसरमा नेता जोशीले भजनीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।

triton college

उनले प्रत्येक वर्ष बुवाको पुण्य स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन्। यो ९औं रक्तदान कार्यक्रम भएको जोशीले बताए।

रक्तदान कार्यक्रममा १०१ पिण्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पालिकाले गर्नुपर्ने काम व्यक्तिले गरिदिएको बताउँदै मानिसको जीवन बचाउनका लागि गरिने रक्तदान जस्तो पुण्य काम अरू केही नभएको बताए।

कार्यक्रममा उपप्रमुख राजु तिरुवा, नेपाली कांग्रेस महासमिति सदस्य जीवन श्रेष्ठ, नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य गंगाराम चौधरी, जनता सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष डम्मर खड्का, विष्णु न्यौपानेलगायतले रक्तदान गरेका थिए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, गठबन्धन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार चौधरी र प्रदेश (क) का उम्मेदवार खेमराज डगौराको उपस्थिति रहेको थियो।

National life insurance

स्वर्गीय जोशीका छोरा टंकप्रसादले बुवाको सम्झना र सामाजिक कार्यमा सहयोग पुगोस् भनी रक्तदान कार्यक्रम गरिएको बताए। कांग्रेस कैलालीका सदस्यसमेत रहेका जोशीले नागरिकको जीवन बचाउन सहयोग होस् भनी भनेर ९ वर्षदेखि रक्तदानको आयोजना गर्दै आएको बताए। उनले आफैंसमेत ५४ पटक रक्तदान गरिसकेका छन्।

प्रकाशित: Oct 20, 2022| 11:47 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।