मंगलबार, वैशाख २९, २०८३

घोडेपानीमा घोडा दौड

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

म्याग्दी- म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ। 

National life

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो। अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो। 

समितिका अध्यक्ष विरेन गर्बुजापुनले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्यावलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ। 

सामान ढुवानी, आवतजावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ। घोडेपानी र घोडाको सम्बन्ध पनि छ। परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो। समुद्री सतहदेखि करिब दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्वदन्ती पनि छ। यसअघि वैशाख महिनामा घोडा दौड प्रतियोगिता हुने गरेको थियो। 

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ। दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताए। घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ। यहीकात्तिक ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिनपछि सारिएको हो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद प्रदान गरिनेछ। सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ। सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गर्नेछन्।   -रासस

प्रकाशित: Oct 20, 2022| 08:58 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।