काठमाडौं- काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। मनसुन बाहिरिएसँगै नेपालमा तापक्रम घट्दै गएको हो।
तापक्रम घटेसँगै दिनप्रतिदिन चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार अहिले बिहान-बिहान तापक्रम (न्यूनतम) घट्ने र चिसो बढ्ने भइरहेको छ। दिउँसो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम खासै नघटेको उनले बताइन्।
मौसमविद् महर्जनका अनुसार आज बिहान काठडमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस छ। हिजो बुधबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.० डिग्री र अधिकतम तापक्रम २४.५ डिग्री सेल्सियस थियो।
बुधबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा १.५ डिग्री सेल्सियस थियो।