मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

National life

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ। 

मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाले पुरस्कार सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो। आवेदन वा सिफारिस ३० दिनभित्र दिइसक्नु पर्ने महाशाखाले जनाएको छ । 

'मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७९ समर्पण गर्ने कार्यक्रम समावेश भएको छ। राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सम्बन्धी कार्यविधिको दफा-४ को (६) मा व्यवस्था भए बमोजिम चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटा प्रदेशबाट एक/एक जनालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिनेछ,' महाशाखाको सूचनामा उल्लेख छ, 'राष्ट्रिय तथा प्रादेशिक प्रतिभा परस्कारका लागि देहायका विधा र क्षेत्रमा तोकिए बमोजिमको योगदान दिएका व्यक्ति वा संस्थाहरूले ३० दिनभित्र यस मन्त्रालयमा आवेदन सिफारिस पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।'

प्रकाशित: Oct 20, 2022| 08:15 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।