मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई

औँठा छापसहित स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण प्रहरीलाई

नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।

National life

विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई एक सय ९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयका अनुसार ‘स्मार्ट लाइसेन्स’ परीक्षण गर्ने उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ। साथै, उक्त उपकरणमा औँठा छापको परीक्षणसमेतको व्यवस्था रहेको छ।

हालसम्म विभागले २९ लाख ५० हजार स्मार्टकार्ड (लाइसेन्स) वितरण गरिसकेको छ। यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी नेपाल प्रहरीलाई वितरण गरिएको पाण्डेले बताए।  

ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेको तथ्याङ्क बढेको छ। यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ। यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ। 

यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो। यसपटक हस्तान्तरण गरेको उपकरणमा औँठाछापको परीक्षणसमेत गर्न सकिने व्यवस्था रहेको छ। यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको निर्देशक श्रीचन्द्र साहले बताए।



प्रकाशित: Oct 19, 2022| 22:45 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।