मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दर्ता नै नभएको सहकारीबाट ऋण मिलाइदिन्छु भनेर ठगी, पक्राउ परे मणिकुमार

दर्ता नै नभएको सहकारीबाट ऋण मिलाइदिन्छु भनेर ठगी, पक्राउ परे मणिकुमार

पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणिकुमार थापा छन्। प्रहरीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- दर्ता नै नभएको 'सहकारीबाट ऋण मिलाइदिन्छु' भनी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणिकुमार थापा छन्। प्रहरीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो। 

National life

आफू काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक भएको र उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनी ३ लाख १२ हजार रुपैयाँ ठगी गरेका थिए। 

३ लाख रुपैयाँ कमिसन र सेवाशुल्क बापत १२ हजार रुपैयाँ ठगेका उनले ऋण उपलब्ध नगराई फरार भएका थिए। 

अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएको प्रहरीले जानकारी दिएको छ। मणिकुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

प्रकाशित: Oct 19, 2022| 20:16 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।