मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँ : श्याम घिमिरे

जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँ : श्याम घिमिरे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली-१ मा प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरेले जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी गरेका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

National life

सिन्धुली- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली-१ मा प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरेले जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी गरेका छन्। बुधबार दुधौली नगरपालिका-४ को पचरुखीमा भएको गठबन्धन दलको पालिकास्तरीय कार्यकर्ता भेलामा घिमिरेले यस्तो दाबी गरेका हुन्। 

नेकपा एमालेको २५ वर्षमा गर्न नसकेको काम आफू निर्वाचित भए ५ वर्षमा गरेर देखाउने उनको जिकिर छ। 'हामी निर्वाचित भए २५ वर्षमा नेकपा एमाले गर्न नसकेका काम गर्नेछौं। हरेक जनताले विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं,' उनले भने, 'यस क्षेत्रको सम्पूर्ण समस्या हामीले बुझेका छौं। त्यो गर्ने दायित्व बोकेर हेटौंडा र काठमाडौं जानेछौं। तीनै तहको सरकार हाम्रो हुनेछ र हामी विकास गर्ने असहजताबाट मुक्त हुनेछौं।' 

दुधौली औद्योगिक विकासको सम्भावना बोकेको ठाउँ रुपमा आफूले हेरेको घिमिरेको भनाइ थियो। कमला नदीको नियन्त्रण गर्ने, जिनाखु-अरुण र ककुरको दुधौली आउने-जाने सडक पक्की बनाउने, दनुवार समुदायको संस्कृति र परम्पराको संरक्षण गर्ने उनको भनाइ छ। कार्यक्रममा गठबन्धन दलका जिल्ला तहका शीर्ष नेतृत्वको उपस्थिति थियो।

प्रकाशित: Oct 19, 2022| 19:00 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।