मंगलबार, वैशाख २९, २०८३

अपूर्व क्षितिजविरुद्ध ४ मुद्दा, ५ वर्ष कैद सजाय माग

कार्यालयका प्रमुख तथा सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेका अनुसार नेवा: अभियन्ताले जाहेरीमा लगाएका चार आरोपकै शीर्षकमा कारबाही माग गर्दै मुद्दा दर्ता गराइएको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चार शीर्षकमा मुद्दा दर्ता भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो। 

National life

कार्यालयका प्रमुख तथा सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेका अनुसार नेवा: अभियन्ताले जाहेरीमा लगाएका चार आरोपकै शीर्षकमा कारबाही माग गर्दै मुद्दा दर्ता गराइएको हो। 

उनीविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर, सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गराइएको हो। 

कार्यालयले उनलाई यी चार वटै मुद्दामा पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ। 

मुद्दा दर्ता भएपनि अदालतले हेर्न नभ्याउँदा कमेडियन अपूर्व हिरासतमै छन्।

भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा राख्दा कोरोना संक्रमण देखिएपछि भदौ २३ गते रिहा भएका थिए।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडी भिडियो युट्युबमा राखेका थिए। उक्त भिडियोले नेवारी परम्पराको मजाक उडाएको भन्दै आलोचना भएको थियो। त्यसपछि उनले भिडियो हटाएर फेसबुकमा माफी मागेका थिए। 

प्रकाशित: Oct 19, 2022| 18:50 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।