मंगलबार, फागुन १९, २०८२

म्यान्मारको जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु, १८ घाइते

म्यान्मारको इन्साइन जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

kumari

याङ्गुन (म्यान्मार)- म्यान्मारको इन्साइन जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जना जेलका कर्मचारी र जेल भ्रमणमा आएका ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

जेलमा अधिकांश राजनीतिक बन्दी छन्। आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन। विस्फोटमा १८ जना घाइते भएका छन्।

उक्त जेलभित्र बन्दीहरुमाथि यातना, दुर्व्यवहार र अन्य अमानवीय घटना हुने गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित: Oct 19, 2022| 16:57 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।