काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
सिन्धुपाल्चोकको कोदारीभन्दा १२ किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन संस्था (युएसजीएस)ले जानकारी दिएको छ।