मंगलबार, वैशाख २९, २०८३

जर्मन चिकित्सकले गरे नर्भिक अस्पतालको प्रशंसा

जर्मनीका विशेषज्ञ चिकित्सकहरुको टोलीले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन गरेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

National life

काठमाडौं- जर्मनीका विशेषज्ञ चिकित्सकहरुको टोलीले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन गरेको छ। नेपाल भ्रमणमा आएका जर्मनीका विभिन्न अस्पतालमा कार्यरत ६० विशेषज्ञ चिकित्सकहरु आज नर्भिक हस्पिटल पुगेका हुन्।

प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले स्वागत गरेपछि नर्भिकको व्यवस्थापन टोलीले अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाबारेमा जानकारी गराउँदै स्थलगत अवलोकन गराएको थियो।इमरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरेको जानकारी दिएका हुन्।

साथै, अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीको उपचार सेवामा पुर्याउँदै आएको योगदानलगायत विषयमा पनि टोलीलाई अवगत गराएको बताइएको छ।जर्मन चिकित्सकहरुले नर्भिक जस्तो अत्याधुनिक अस्पताल नेपालमा पनि रहेको भन्दै प्रशंसा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Oct 19, 2022| 12:34 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्