मंगलबार, वैशाख २९, २०८३

सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार प्रहरीले उनलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

National life

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नबालिग करणी जाहेरी अनुसन्धानका लागि नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार प्रहरीले उनलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

जबर्जस्ती करणी अभियोगमा १७ वर्षीया नाबालिगले उजुरी दिएपछि प्रहरीले उनलाई २० असोजमा पक्राउ गरेको थियो। सोही दिन अनुसन्धानका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले २० असोजमा ७ दिन र २७ असोजमा ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित: Oct 19, 2022| 12:30 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।