मंगलबार, वैशाख २९, २०८३

डेंगु संक्रमणपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

National life

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ। 

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्। गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचिव अमीत शर्माले जानकारी दिए। राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ।

प्रकाशित: Oct 19, 2022| 11:58 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्