सोमबार, साउन ११, २०८३

सन्दीपलाई तेस्रो पटक लगियो अदालत

प्रहरीले बुधबार सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालतमा पेस गरिएको छ। 

बुधबार सन्दीपलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो।

सन्दीपमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेको छ। यसअघि सन्दीपलाई २० असोज र २७ असोजमा प्रहरीले अदालतमा पेस गरेको थियो।

सन्दीपलाई अदालतले पहिलो पटक २० असोजमा सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। गत ५ भदौमा १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

पछिल्लो पटक १ कात्तिकमा सन्दीपविरुद्धका प्रमाणको फाइल पेस गर्ने वा म्याद थपका लागि पुनः पेस गर्न अनुमति दिइए पनि मंगलबार अदालत बिदा भएकाले सन्दीपलाई बुधबार अदालतमा पेस गरिएको हो। 

१७ वर्षीया नाबालिगले गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि २० असोजमा अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो। 

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले बलात्कार गरेको आरोपमा नाबालिगले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। सन्दीप त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न मुलुकबाहिर थिए।

प्रकाशित: Oct 19, 2022| 11:50 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।