सोमबार, साउन ११, २०८३

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चार जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चार जनाको मृत्यु भएको छ। 

मैवाखोला गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा ट्रयाक्टर दुर्घटना भएको हो। दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टरका चालक मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, सोही गाउँपालिका वडा नम्बर ४ साँघुका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लासी रहेका छन्।

मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघुको तेल्लाबुङदेखि फाकुम्बातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको प्रनाउ राईले जानकारी दिए। ट्रयाक्टर दुर्घटना मगंलबार राति करिव १२:३० बजेतिर भएको बताइएको छ।

प्रकाशित: Oct 19, 2022| 10:10 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।