मंगलबार, वैशाख २९, २०८३

चितवन काट्ने बेलाको धान गैँडाले नष्ट पार्‍यो

चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

चितवन- काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ। चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो।

National life

वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताइन्। उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन्। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पुर्याएको बताए। उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिए। भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताए।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताइन्। उनले भनिन्, ‘पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ, सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ।’ मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उनले बताइन्।। ‘मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रनिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन’, उनले भनिन्।  

नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताइन्। किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उनले एउटै हात्तीले एकै रातमा बिघौँ जग्गाको बाली नष्ट गर्ने गरेको बताइन्। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पुर्याउने गरेको बताए।  वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या आइरहेको उनको भनाइ छ।   -रासस

प्रकाशित: Oct 19, 2022| 08:08 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।