मंगलबार, वैशाख २९, २०८३

झापा पुगेका एमाले अध्यक्ष ओली अस्वस्थ

मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

झापा- मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

National life

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा पुगेका हुन्।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा पुगेका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए।

प्रकाशित: Oct 19, 2022| 07:35 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।