मंगलबार, वैशाख २९, २०८३

नेपालबाट बाहिरियो मनसुनी वर्षा

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो। मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत‍्बाट अनुमानभन्दा कम क्षति पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

National life

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो। मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन। 

मनसुन अन्त्य हुने सम्भावित मिति असोज १६ गते अर्थात् अक्टोबर २ भए पनि यस वर्ष १४ दिन ढिलो गरेर असोज ३० गते मनसुन पूर्ण रुपमा बाहिरिएको महाशाखाले जनाएको छ।

मनसुन बाहिरिने मितिपछि भएको बेमौसमी वर्षाले मनसुन अवधिमा भएकोभन्दा बढी मानवीय क्षति यसपालि पश्चिम नेपालमा भएको महाशाखाले जनाएको छ। जेठ २२ गते पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको मनसुन अनुमानित मितिभन्दा १४ दिनपछि असोज ३० गते सम्पूर्ण रूपमा बाहिरिएको थियो।

प्रकाशित: Oct 19, 2022| 07:12 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।