आज २०७९ कात्तिक २ गते तदनुसार १८ अक्टुबर २०२२ बुधबार। कार्तिक कृष्ण नवमी पञ्चाङ्ग: साध्य गर पुष्य।
मेष- कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला। खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ। नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन।
वृष- आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आकस्मिक धन लाभ हुनसक्छ। आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
मिथुन- शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ।
कर्कट- आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्।
सिंह- आज रमणीय र सुखद् यात्राको योग छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। तीर्थाटनको योग पनि रहेको छ।
कन्या- आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ।
तुला- आज नयाँ कार्यको थालनी हुनसक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन्।
वृश्चिक- अतिथिका रूपमा सम्मान पाइनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। स्वादिष्ट भोजन पनि पाइनेछ।
धनु- आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ।
मकर- दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। रमणीय र सुखद् यात्राको योग पनि छ।
कुम्भ- आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ। पारिवारिक सहयोग मिल्नेछ। कुनै कुराले मनमा शान्ति पनि छाउनेछ।
मीन- आज शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)