बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न राष्ट्रसंघी महासचिवको आह्वान

गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न राष्ट्रसंघी महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।

National life

अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिएको भिडियो सन्देशमा उनले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ धकेलिएका, चार वर्षभन्दा बढी समयको मेहनतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रियएवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको वास्तविकता प्रस्तुत गरे। 

एकै समयमा जलवायु संकट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदादिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको उनले बताए। 

महासचिवले स्वास्थ्य र सभ्य काम, लैङ्गिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा रशिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए। रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको अभिमत पनि उनले सन्देशमा व्यक्त गरेका छन्।

राष्ट्रसंघीय महासभाका अध्यक्ष कासाबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथैयुक्रेन युद्धको अन्त्यबाट विश्व शान्ति प्रवद्र्धन तथागरिबी उन्मूलनमा सहयोग पुग्‍ने बताए। 

kumari

प्रकाशित: Oct 19, 2022| 05:30 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।