सोमबार, वैशाख ७, २०८३

सुरक्षा कारबाहीमा पाँच जना लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी सुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

National life
kumari

काबुल- अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी सुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन्। 

आतंककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका हुन्। 

सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोही बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ। गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

प्रकाशित: Oct 19, 2022| 00:45 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।