मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीको क्यापाडोसियामा बलुन दुर्घटना : दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइते

टर्कीको क्यापाडोसियामा बलुन दुर्घटना : दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइते

टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मङ्गलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

इस्तानबुल- टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मङ्गलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

एक निजी कम्पनीको बलुन नेभसेहिर प्रान्तको एभानोस जिल्लाको जेल्भ भग्नावशेषबाट उडेको र अप्रत्याशित गतिमा आएको हावाका कारण किलिक क्षेत्रमा आकस्मिक अवतरण गरेको प्रान्तीय कार्यालयले जनाएको छ।

बलुनमा कुल २८ यात्रु र दुईजना चालक दलका सदस्य सवार थिए। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण हावाको गतिमा अप्रत्याशित वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

प्राकृतिक चट्टान संरचनायुक्त उपत्यका, भूमिगत बस्तीहरू, गुफा होटलहरू एवं ऐतिहासिक गुम्बाहरू भएको क्यापाडोसिया तातो हावायुक्त बलुन सवारीहरूको लागि परिचित छ।

यो यस्ता  प्रसिद्ध विश्वभरका गन्तव्यहरू मध्ये एक हो। यहाँ आगन्तुकहरूले  उचित मौसमका कारणले लगभग वर्षैभरि बलुन सवारीको आनन्द लिन सक्छन्।

kumari

प्रकाशित: Oct 18, 2022| 23:45 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।