शनिबार, भदौ २७, २०८३

वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन

 |  शनिबार, भदौ २७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०८३

काठमाडौं। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आज बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि भोलि आइतबार थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए। तर, आज बिहान निकै गाह्रो भएपछि थानकोटबाट सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। गौतमको भोलि दाहसंस्कार गरिने छ।

२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम थानकोटमा बस्दै आएका थिए।

प्रकाशित: Sep 12, 2026| 15:34 शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्