मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसद्वारा युक्रेनको प्रतिआक्रमणपछि खार्किभ क्षेत्रमा पहिलो सफलता हासिल

रुसद्वारा युक्रेनको प्रतिआक्रमणपछि खार्किभ क्षेत्रमा पहिलो सफलता हासिल

रुसी सेनाले मंगलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो। अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

किभ- रुसी सेनाले मंगलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो। अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ। 

'रुसी सेनाका एकाइहरूले कारबाहीका क्रममा खार्किभ क्षेत्रको गोरोबिभका गाउँ कब्जा गरेको,' रक्षा मन्त्रालयले दाबी गरेको छ।

रूसले मंगलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि  गरेको छ।  कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति नाजुक भएको बताएको छ। 

'विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको,' रूसी रक्षा मन्त्रालयले आफ्नो दैनिक अपडेटमा  उल्लेख गरेको छ।


प्रकाशित: Oct 19, 2022| 00:15 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।