मंगलबार, फागुन १९, २०८२

रुसी लडाकु विमान दुर्घटनामा १३ जनाको मृत्यु

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले उल्लेख गरेको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

मस्को- रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा थप १० शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको जानकारी दिएको हो। 

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले उल्लेख गरेको छ। १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको छ। 

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन्। 

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए। तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो। 

दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ। रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन्।

kumari

प्रकाशित: Oct 18, 2022| 18:30 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।