काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। मंगलबार बसेको केन्द्रीय निर्वाचन परिचालन समिति बैठकले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।
बैठकमा पार्टीको चुनावी घोषणापत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउने विषययमा समितिका सदस्यले धारणा राखेका थिए। ‘बैठकमा करिव २१ जनाले आ–आफ्ना सुझाव दिनुभएको छ। सातै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ। गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं। त्यसले गर्दा समानुपातिकमा भोट घट्न सक्छ। त्यसलाई म्यानेज गर्ने विषयमा छलफल गरियो। सबै सुझाव समेटेर समितिको कामलाई व्यवस्थापन गर्छौं।’
निर्वाचन परिचालन प्रभावकारी बनाउन गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।