वीरगन्ज- प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरीका मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा वीरगञ्ज–१३ का सुमित कुशवाहा, वीरगञ्ज–१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज–११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन्।
यसैगरि पोखरिया नगरपालिका–६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
उनीहरुको साथबाट ६ थान मोटरसाइकल बरामद गरिएको उनले बताए। पक्राउ परेकाहरुलाई चोरीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको गिरीले बताए।