मंगलबार, फागुन १९, २०८२

इबोला फैलिन नदिन युगान्डामा उच्च सतर्कता

मुसेवेनीले ट्विट गर्दै उक्त जानकारी दिएका हुन्। सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उनले बताए।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

कम्पाला- युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेको भन्दै उच्च सतर्कता अपनाइएको छ। राष्ट्रपति योबेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन्। 

मुसेवेनीले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उनले बताए। 

मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो। त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको सङ्क्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको संक्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्ड अपनाइएको उनको ट्वीटमा उल्लेख छ। 

अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको छ। तीमध्ये १९ जनाको मृत्यु भएको थियो। त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो। केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ। यस सङ्क्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ।

kumari

प्रकाशित: Oct 18, 2022| 17:35 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।