शनिबार, असार ६, २०८३

स्थानीय तहलाई मतदाता शिक्षा चलाउन संघीय मन्त्रालयको परिपत्र

मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघिदेखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै स्थानीय तहलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न परिपत्र  गरेको छ। निर्वाचन आयोगले मतदाता कार्यक्रमसम्बन्धी अवधारणापत्र र मतदाता शिक्षा निर्देशिका स्वीकृत गरिसकेको छ। 

National life

उक्त निर्देशिकामा स्थानीय स्तरमा निर्वाचन प्रचार–प्रसार र मतदाता शिक्षा सञ्चालन गर्न मतदाता शिक्षा समुदायस्तर तथा घरदैलो कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र स्थानीय तहको सम्बन्धित वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) रहने व्यवस्था निर्देशिकामा छ।

मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघिदेखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो।

मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक जनशक्ति, साधन–स्रोत व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्नुपर्ने निर्देशिकामा उल्लेख  छ।मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निर्देशिकाअनुसार मतदाता शिक्षा समुदायस्तरमा घरदैलो कार्यक्रम सञ्चालन गर्न सबै पालिकालाई परिपत्र गरिएको बताए। 

आयोगले उपलब्ध गराएको मतदाता शिक्षा सामग्रीलाई पालिकास्तरको समितिले सामुदायिक र संस्थागत विद्यालयका प्राध्यापकको बैठक आयोजना गरी मतदाता शिक्षाबारे जानकारी दिने र सम्बन्धित विद्यालयको कक्षामा मतदाता शिक्षाको व्यवस्था मिलाउनुपर्नेछ।

Shivam cement

समितिले आफ्नो क्षेत्रभित्रका सबै वडामा सञ्चालन भएको मतदाता शिक्षाको नियमित अनुगमन गरी सम्बन्धित निर्वाचन कार्यालयलाई प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रकाशित: Oct 18, 2022| 16:50 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...