मंगलबार, वैशाख २९, २०८३

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन गृहको निर्देशन

गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– गृह मन्त्रालयले वर्षाका कारण देशभर अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

National life

गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

स्थानीय सरकारसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। गृहसचिव सिंहले अवरुद्ध विद्युत् र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए।

केन्द्रीय निकायसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृहसचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देश दिएका छन्।

‘यातायातका साधनको पहुँचको कुरा प्रमुख जिल्ला अधिकारीकै कार्यक्षेत्रभित्र पर्छ। काम गर्ने  अरुले हो तर समन्वय गर्ने तपाईंहरूले हो। अझै पनि हामीसँग २०/२२ दिन बाँकी छ। यो अवधिमा पानी पर्दैन भन्ने अनुमान छ। त्यस कारण अवरुद्ध सडक निर्माणका काम गराउन  स्थानीय तहसँग, स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसलाई तदारुकताका साथ अगाडि बढाउने कार्यमा यहाँहरूको प्राथमिकता रहोस्,’ उनले भने।

वर्षाका कारण पावर हाउस ढलेका र कतिपय ठाउँमा विद्युत् लाइनहरू बिग्रिँदा बिजुली अवरुद्ध भएको छ। त्यसमा पनि ध्यान दिन उनले प्रजिअलाई निर्देशन दिए। ‘कुन–कुन जिल्लामा सडक अवरुद्ध भएका छन्, थप साधन लगेर भए पनि तत्काल खुलाउने व्यवस्था गर्न आग्रह गर्छु’, उनले भने। 

मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृहसचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।

‘थप सुरक्षाकर्मीको कुरा आएको छ। कतिपय ठाउँमा यो कुरालाई जिल्ला एसपी साबहरूले र सुरक्षा निकायका प्रमुखले पनि उहाँहरूसँग समन्वय गरेर व्यवस्था गर्नुहोला। कतिपय ठाउँमा अहिले निर्वाचनमा कतिलाई थप सुरक्षाकर्मी चाहिने हो भन्ने कुरा अनुमान नहुँदा कहिलेकाहीँ चाहिने एकातिर हुन्छ तर हामीले सुरक्षाकर्मी अर्कोतिर बुक गरिरहेका हुन सक्छौं। त्यसैले त्यो कुरा विश्लेषण गर्न सक्ने कमान्डर त्यहाँ हुन आवश्यक छ,’ उनले भने।

प्रकाशित: Oct 18, 2022| 11:40 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।