मंगलबार, वैशाख २९, २०८३

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बनेको हो। निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

बलेवा- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा। विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले।

National life

यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो। विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन्। 

एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ। कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे। तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग। विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्र गरिएको छ। चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ। 

यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बनेको हो। निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन्। ‘हिजो गौचरण रहेको विमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ’, पूर्व सांसद डा सूर्य पाठकले भने, “विमान चल्न यात्रु चाहिन्छन्, सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो।’

नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको विमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन्। प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्रपश्चात तत्कालै जहाज सञ्चालन गर्ने जनाउँदै आएका थिए। तर गत वैशाख–जेठमै विमानस्थलको धावनमार्गलगायतका संरचना तयार भएका भए पनि सहज सञ्चालनमा आउन सकेको छैन्। 

विमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए। मालढुङ्गादेखि १० किमी दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन्। तर तीन वर्षदेखि खसेको पहिराले दुवै सडक अवरुद्ध बनाउने गरेको छ।

वर्षाका तीन महिना सडक ठप्पप्रायः हुन्छ। पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ। ‘वर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, यहाँ जहाज चल्ने कुरामा कसरी विश्वास गरौँ’, बलेवा पैञ्युपाटाका भवानी रिजालले भने, ‘पहिले सडक मजबुद बनाउन लाग्नुपर्छ, जहाज नचलाएर त सुख होला र?’ सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने नरहेको उनको भनाइ छ।

सरकारले मालढुङ्गाबाट बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमी खण्ड कालोपत्र गर्न ठेक्का लगाएको छ। तर यो सडक कहिले कालोपत्र बन्छ भन्ने यकिन छैन। गत असोज १३ गते यो सडक कालोपत्रका लागि ठेक्का खुलेको भए पनि प्रक्रियागत काम बाँकी रहेको भन्दै करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण व्यवसायीसँग चुनावपछिमात्रै सम्झौता गर्ने योजना बनाएको छ।

‘दसैंमा खुलेको बागलुङ–कुश्मीशेरा सडक तिहारमा खुल्छ कि खुल्दैन थाहा छैन’, जैमिनी नगरपालिका–४ सर्कुवाका तेजेन्द्र नेपाली भन्छन्, ‘गाडीका पट्टा भाँचिने सडक हुँदै जहाज चढ्न यात्रु जाँदैनन्।’ काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीले गत वर्ष रु आठ करोड २४ लाख ३४ हजारमा विमानस्थल कालोपत्र गरेको हो।

विमानस्थलमा छ सय २० मिटर लामो पक्की नाली, एक हजार पाँच सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपत्कालीन गेट बनेको छ। मैदानको सबै भाग एक किमी दूरीको छ। तर हाल झन्डै सात सय मिटर कालोपत्र गरिएको छ। यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन्।  -रासस

प्रकाशित: Oct 18, 2022| 10:45 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।