मंगलबार, वैशाख २९, २०८३

तनहुँको म्याग्देमा घर-घरमै परिचयपत्र

गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गरेका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

तनहुँ- म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता छन्। चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढल्नुभएका उनि त्यसपछि आफ्नै सहारामा उठ्न सकेका छैनन्। उठ्न पर्यो भने उनलाई परिवारको सहारा चाहिन्छ।

National life

उनको दैनिक ह्विलचियरबाट चलिरहेको छ। घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन्। उनले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएनन्। परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ उनलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उनको मुहारमा खुशी छाएको छ। 

गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गरेका छन्।

अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन्। म्याग्दे –७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाए। ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टा भन्दा बढीको पैदल र सवारी यात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले घरदैलोमा नै परिचयपत्र पाउँदा खुशी लागेको बताए।

निलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्ता बापत तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको बताए।

जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरका अवसरमा आठ सय २५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन्। विभिन्न वडामा गरी दश जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।

एकीकृत घुम्ती शिविरका अवसरमा महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाको पाठेघर परीक्षण, देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए। यसका साथै एकीकृत घुम्ती शिविरमा परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा प्रदान गरिएको छ।

बहिरङ्ग सेवा अन्तर्गत बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण, प्रयोगशाला सेवा अन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ। जन्म, मृत्यृ, बसाईसराईको सेवा घुम्ती शिविरबाटै प्रदान गरिएको छ।

प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता, राजश्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन सेवा प्रदान गरिएको छ। कृषि तथा पशुशाखा अन्तर्गत बीउविजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, गोबर परीक्षण र नतिजाको आधारमा पशुपंक्षीलाई औषधि वितरण, बाख्रा, पाठालाई बन्ध्याकरण, पशुको उपचार सेवा प्रदान गरिएको छ। गत असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्मको दोस्रो चरणको शिविर वडा नम्बर ५, ६ र ७ मा सञ्चालन हुनेछ। यसअघि पहिलो चरणको शिविर असोज २ गतेदेखि असोज २८ गतेसम्म वडा नम्बर १, २, ३ र ४ मा सम्पन्न भइसकेको छ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए।  -रासस

प्रकाशित: Oct 18, 2022| 08:28 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।