आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा फाइनल समीकरण पूरा

आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

कास्की- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ। आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो।

National life

कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन्। जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराएका हुन्। फाइनलमा गण्डकीकै दुई खेलाडी भएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ।

यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गरेका हुन्। कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेकी हुन्। पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराइन्। यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारिन्।

रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगे। गङ्गाले एपिएफका विराट थापालाई ६–४ अङ्कले हराए। यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाए।

रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन्। यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६–०० पराजित गरिन्। 

Laxmi sunrise bank
kumari

स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ। मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५–१ अङ्कले हराएको हो। यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६–४ अङ्कले हराउँदै फाइनल पुगेको हो।

स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६–० अङ्कले सोझो तीन सेटमा हरायो। यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट ९६–००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो। राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ। खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन्। मधेस र कर्णालीको भने सहभागिता रहेन। रासस


प्रकाशित: Oct 18, 2022| 07:39 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।