मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

झापा- झापाको विर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्।

National life

विर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्। भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५:२५ बजे मृत्यु भएको हो।

घाइते आमा–छोरीलाई थप उपचारका लागि विर्तामोड विर्तासिटी अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Oct 18, 2022| 07:19 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।