शनिबार, फागुन ३०, २०८२

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ। 

National life

यदि तपाई कडा परिश्रम गर्ने स्थितिमा हुनुहुन्न भने दैनिक हिँड्नुहोस् र यदि तपाई स्वस्थ हुनुहुन्छ भने दौडलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुहोस्।

दौडने बानी उमेरसँगै बढ्दै जाने विभिन्न अध्ययनहरूले देखाएका छन्।

दैनिक दौडने बानी बसाल्नुहोस्

दैनिक दौडने बानीले हृदय रोगको जोखिम कम गर्न सक्छ, जुन मृत्युको प्रमुख कारण मानिन्छ। केही अध्ययनहरूले यो पनि भनेका छन् कि यदि तपाईं हप्तामा ४.५ घण्टा दौडनुभयो भने, तपाईं यसको स्वास्थ्यमा धेरै सकारात्मक फाइदाहरू देख्न सक्नुहुन्छ। दौडनु एक उच्च प्रभावकारी व्यायाम हो।

Laxmi sunrise bank
kumari

दौडले धेरै स्वास्थ्य जोखिमहरू कम गर्दछ

हरेक दिन दौडनुले तपाईंको स्वास्थ्यको लागि विभिन्न प्रकारका फाइदाहरू हुन सक्छ। दैनिक ५ देखि १० मिनेटे मात्र मध्यम गतिमा दौडने बानीले तपाईंलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरूबाट जोगाउन सक्छ।

हृदयाघात वा स्ट्रोकबाट मृत्युको जोखिम कम 

- मुटु रोगको जोखिम कम हुन्छ।

- क्यान्सर हुने सम्भावना कम हुन्छ।

- अल्जाइमर र पार्किन्सनजस्ता न्यूरोलोजिकल रोगहरूबाट बचाउन मद्दत गर्दछ।

- अमर उजालाबाट

प्रकाशित: Oct 18, 2022| 07:05 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्