आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ कात्तिक १]

आज २०७९ कात्तिक १ गते तदनुसार १८ अक्टुबर २०२२ मंगलबार। कात्तिक कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्ध कौलव पुष्य , तुला संक्रान्ति/राधाष्टमी व्रत
 |  मंगलबार, कात्तिक १, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, कात्तिक १, २०७९

vianetvianet

आज २०७९ कात्तिक १ गते तदनुसार १८ अक्टुबर २०२२ मंगलबार। कात्तिक कृष्ण अष्टमी पञ्चाङ्ग: सिद्ध कौलव पुष्य , तुला संक्रान्ति/राधाष्टमी व्रत

मेष

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ।

वृष

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। जोशजाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। शेयर बजारमा पनि रुचि बढ्नेछ।

National life insurance

मिथुन

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ।

कर्कट

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। मन भावुक र उत्ताउलो बन्नसक्छ। प्रेममा मनमुटाव आउनेछ। अनावश्यक धन खर्च पनि हुनेछ।

सिंह

आज कुनै कुराले मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्म र कर्ममा मन लाग्नेछ।

कन्या

सजिलै अरूको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

तुला

आज कार्य सिद्धिको योगछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक कार्यमा पनि मन लाग्नेछ।

वृश्चिक

निर्णय कार्यान्वयन हुन नसक्ला। आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ। बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला।

धनु

आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

मकर

आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

कुम्भ

आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

मीन

स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ। लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो हुनेछ। 


प्रकाशित: Oct 18, 2022| 06:31 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।