शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

न्युयोर्क- रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।

triton college

संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले  गहिरो आर्थिक सङ्कट  बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिका माथि परेको युनिसेफले जनाएको छ।

जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको बताइएको छ। यसैगरी  रोमानियामा  पनि ११ लाख बालबालिका गरिबीमा बाँचिरहेको अल जजीराले उल्लेख गरेको छ।

युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, 'यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्।'

यसले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सव अघि नै  मृत्यु वरण गर्न विवश हुने र र यस प्रत्येक वर्ष विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एल  लाख १७ हजार पुग्ने गरेको अल जजीराले युनिसेफलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

corrent noodles
Metro Mart

हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा झण्डै एक हजार केटा र केटी मारिएका वा घाइते भएको बताइएको  छ। 'लगभग छ महिना अघि युद्ध बढेपछि युक्रेनमा कम्तिमा ९७२ बालबालिका हिंसाबाट मारिएका वा घाइते भएका छन्।' 

करिब ६ महिनाअघि रुस–युक्रेन युद्ध सशुरु भएको थियो। युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ  यद्यपि  दोस्रो विश्वयुद्धपछि युरोपमा यस पटक देखिएको शरणार्थी सङ्कट सबैभन्दा  उच्च छ। यसैबीच, युक्रेनका लगभग हरेक बालबालिकाले गहिरो पीडादायी घटनाहरूको सामना गरेका छन्। हिंसाबाट भाग्नेहरू पारिवारिक विछोड, दुर्व्यवहार, यौन शोषण, थप आक्रमण र बेचबिखनको महत्त्वपूर्ण जोखिममा छन्।

बढ्दो शत्रुताले शिक्षा प्रणालीलाई तहसनहस बनाएको छ। युनिसेफको अनुमान  १० मध्ये १ विद्यालय क्षतिग्रस्त वा नष्ट भएको छ। विद्यालयहरूलाई द्वन्द्वमा प्रयोग गरिएको छ।  जसले गर्दा परिवारहरूले आफ्ना बालबालिकाहरूलाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन्।

संयुक्त राष्ट्रसंघ बाल कोषले तत्काल युद्धविरामको लागि आह्वान गरिरहेको छ।

प्रकाशित: Oct 17, 2022| 23:35 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।