शुक्रबार, वैशाख २१, २०८१

श्रीलंकामा इन्धनको मूल्य घटाइयो

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलंकाले सोमबार इन्धनको मूल्य घटाएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलंकाले सोमबार इन्धनको मूल्य घटाएको छ।

triton college

ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ ( करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ। तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ।

श्रीलंकामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो। इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पुर्‍याएको थियो। 

आन्दोलनले उचाई लिँदा तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो। 

हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेहरूको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण ईन्धन अझै पनि कडाईका साथ वितरण गरिएको छ।

corrent noodles
Metro Mart

डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्यजस्तै दोब्बर भएको छ।

आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा चलिरहेको छ। विश्व बैंकले श्रीलंकाको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो।

विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ। आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ।

कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलंकाको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो। यो संकटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो। 

राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याउनुभएको छ र बढी राजस्व सङ्कलनका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ।

तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलंकाको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदाताहरूसँग सम्झौताको अधीनमा छ।

प्रकाशित: Oct 18, 2022| 05:30 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।