आइतबार, मंसिर ७, २०८२

शारीरिक सुगठनमा आर्मीलाई ५ र गण्डकीलाई ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। 

National life

पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो। शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो। यस्तै आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक-एक स्वर्ण जितेको छ। 

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो। प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेको हो। यसैगरी एपीएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको हो।

प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेको छ। कर्णाली प्रदेश पदक बिहिन बन्दा सुदरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको हो। 

प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति  संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए। उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गरेका थिए। 

Laxmi sunrise bank
kumari

यस्तै महिलाहरुले खुल्ला र महिला फिजिक्स खुलामा प्रतिस्पर्धा गरेका थिए। शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। २ दिनसम्म चलेको खेलमा पहिलो दिन ५ र दोस्रोदिन महिलाको २ सहित ६ विधामा प्रतिस्पर्धा भएको थियो।


प्रकाशित: Oct 17, 2022| 19:13 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।